+
+
Shares

किलोमै ३० रुपैयाँ घट्यो गोलभेँडा

बुधबार प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको लोकल सानो गोलभेँडाको भाउ आज बिहीबार ५० रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ, जसले उपभोक्तालाई राहत दिएको छ।
  • बिभिन्न किसिमका गोलभेँडाको मूल्य घट्दै गएकोले बजारमा आपूर्ति र मागमा परिवर्तन आएको संकेत गर्दछ।
  • गोलभेँडाको मूल्य घट्दा कृषक र व्यापारी दुबै प्रभावित भएका छन्।

१ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबार गोलभेँडाको भाउमा गिरावट आएको हो ।

आज लोकल सानो गोलभेँडा थोकमा प्रतिकिलो ३० रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको लोकल सानो गोलभेँडाको भाउ आज ५० रुपैयाँ कायम छ ।

यस्तै टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो २७ रुपैयाँ घटेको छ । आज टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो ५७ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार टनेलको सानो गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँ थियो।

तराई सानो गोलभेँडाको भाउ प्रतिकिलो हिजोको तुलनामा आज २५ रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको तराई सानो गोलभेँडाको भाउ आज ५५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?