+
+
Shares

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा दायर

बस्नेतसहित १५ व्यक्ति र ३ कम्पनीलाई प्रतवादी बनाइएको छ । उनीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यसअघि अनुसन्धान टुंगिएको लामो समय बितिसक्दा पनि अख्तियारले टेरामक्स प्रकरणमा कुनै निर्णय गर्न सकेको थियो । सत्तारुढ दलहरुको चर्को राजनीतिक हस्तक्षेपका कारण अख्तियार अनिर्णित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?