+
+
Shares
संगीत :

सुशान्त केसीको ‘उफ्’ भारतका ‘५० भाइरल गीत’को सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुशान्त केसीको हिन्दी गीत ‘उफ्’ भारतको ‘शीर्ष ५० भाइरल गीत’को सूचीमा ४७ औं स्थानमा पुगेको छ।
  • गीत रिलिज भएको दुई सातापछि स्पोटीफाई, युट्युब, र आईट्युन्समा लोकप्रियता बढिरहेको छ र अभिनेत्री स्वस्तिमा खड्का यसमा खुशी व्यक्त गरेकी छन्।
  • यो गीत सुशान्त र स्वस्तिमा द्वारा फिचर्ड रहेको छ र यसअघि ‘झिमझिमाउने आँखा’ पनि भारतको भाइरल गीतको सूचीमा समावेश भएको थियो।

काठमाडौं । सुशान्त केसीको हिन्दी गीत ‘उफ्’ स्पोटीफाईको भारतका ‘शीर्ष ५० भाइरल गीत’को सूचीमा समावेश भएको छ । समाचार लेख्दासम्म यो गीत सूचीको ४७ औं स्थानमा छ ।

२ साताअघि टि सिरिजको युट्युब च्यानलबाट गीत रिलिज भएको थियो । रिलिज भएयता यो गीतलाई स्पोटीफाई, युट्युब, आईट्युन्समा रुचाइएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले यो सूचीमा समेटिएकोमा स्टोरीमार्फत खुसी व्यक्त गरेकी छन् । सुशान्त केसी र इन्द्रकला राईको स्वरमा रहेको गीतमा सुशान्त र स्वस्तिमा फिचर्ड छन् ।

सुशान्तको बहुचर्चित नेपाली गीत ‘बार्दली’को यो हिन्दी संस्करण हो । यसअघि एकदेव लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ पनि भारतका भाइरल गीतको शीर्ष ५० को सूचीमा समेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?