+
+
Shares

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म कमाउँछन् कैलालीका किसान

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए । उनले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीका नदीबगरमा खरबुजाखेती भएका किसानहरूले बिक्रीका लागि धनगढी बजारलाई केन्द्र बनाएका छन्।
  • खरबुजाको मूल्य बजारमा घट्दै गएको र किसानहरूले दैनिक हजारौं रुपैयाँ आम्दानी गरिरहेको बताएका छन्।
  • विभिन्न नदीबगर र आसपासका क्षेत्रहरूमा व्यावसायिक खरबुजाखेती भइरहेको छ र भारतीय किसानहरूले पनि यसमा संलग्न छन्।

१ जेठ, कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताए । उनले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिए ।

‘धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक÷दुई दिन बिराएर बिक्री गर्ने गरेको छु’, उनले भने ।

लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजाखेती गर्दै आउनुभएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताए । उनले दिनमा रु चार हजारदेखि रु सात हजारसम्म आम्दानी हुने जानकारी दिँदै दैदिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गरे ।

‘उत्पादनको सुरुमा रु ४० देखि रु ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ’, उनले भने ।

किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजाखेती गरिरहेका छन् । त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बङ्गरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजाखेती गरेका छन् ।

नदीबगरमा थारू समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?