
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने तय गरेको छ।
- प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरुको इजलासले चार सातापछि निर्णयको मिति तोकेको हो।
- अदालतले दुवै पक्षलाई बहस नोट पेश गर्न दुई साताभित्रको समय दिएको छ।
१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको एक दर्जन रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।
बिहीबार दुवै पक्षको बहस र जवाफी बहस समेत सुनेपछि सर्वोच्च अदालतले दुई साताभित्र(१६ जेठभित्र) बहस नोट पेश गर्नपनि दुवै पक्षलाई आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4