+
+
Shares

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते ९:१९
अस्पतालमा राखिएको शव । सांकेतिक फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलालाई कारले ठक्कर दिँदा मृत्यु भएको छ।
  • गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको हो।
  • कार चालकलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।

२ जेठ,  बुटवल । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?