२ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका अस्ट्रेलियन ब्याटर टिम डेभिडले बिहीबार बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालाभित्रै पौडी खेले ।
टिमको अभ्यास सत्र वर्षाका कारण बिथोलिएपछि टोलीका अन्य सदस्यले मैदान छाडेपनि डेभिडले भने वर्षाको मज्जा लिँदै मैदानको कभरमा हाम फाल्दै पौडी खेलेका थिए ।
आईपीएल पुन: सुरु हुँदा खेल्नका लागि फर्किने पक्का भएका डेभिड मैदानबाट भिजेर आएपछि ड्रेसिङ रूममा उनलाई केही साथीहरूले ताली बजाएर समेत स्वागत गरेका थिए ।
बेंगलुरुले टिम डेभिडको वर्षामा रमाइरहेको भिडियो आफ्ना आधिकारिक सामाजिक सञ्जालमा समेत पोस्ट गरेको छ।
बेंगलुरुले शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्दै छ । अर्का अस्ट्रेलियन खेलाडी पेस बलर जोश हेजलवूड फर्कनेबारे भने अझै स्पष्ट जानकारी आएको छैन ।
Tim David ❌
Swim David ✅Bengaluru rain couldn’t dampen Timmy’s spirits… Super TD Sopper came out in all glory. 😂
This is Royal Challenge presents RCB Shorts. 🩳🤣#PlayBold #ನಮ್ಮRCB #IPL2025 pic.twitter.com/PrXpr8rsEa
— Royal Challengers Bengaluru (@RCBTweets) May 16, 2025
प्रतिक्रिया 4