+
+
Shares

बाराको कोल्हबीमा रुख ढलेर एक जना घाइते

बिहीबार राति हावाहुरी चल्दा रुख ढलेर कोल्हबी-३ जुअवा बस्‍ने  ४२ वर्षीय सिकेन्द्र चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको कोल्हबी नगरपालिका- ३ जुअवामा हावाहुरीका कारण रुख ढलेर एक व्यक्ति घाइते भएका छन्। घाइते व्यक्ति सिकेन्द्र चौधरीको टाउको र छातीमा चोट लागेको छ र उनी अस्पतालमा उपचार गराइरहेका छन्।
  • हावाहुरीको समयमा अटो रिक्सा लिएर यात्रु उठाउँदै गर्दा रुख ढलेको थियो, जसले गर्दा घाइते भएका थिए।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र घाइतेको उपचार जारी रहेको जानकारी दिएको छ।

२ जेठ, बारा। बाराको कोल्हबी नगरपालिका- ३ जुअवामा रुख ढलेर एक जना घाइते भएका छन् ।

बिहीबार राति हावाहुरी चल्दा रुख ढलेर कोल्हबी-३ जुअवा बस्‍ने  ४२ वर्षीय सिकेन्द्र चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

उनले भने, ‘ आज बिहान३ बजेको समयमा हावाहुरी चलेको बेला उहाँ अटो रिक्सा लिएर यात्रु उठाउन गइरहनुभएको थियो । कोल्हबीको ७ नम्बर गोल अगाडि रुख ढल्दा उहाँ घाइते हुनुभयो।’

इन्स्पेक्टर मिश्रका अनुसार घाइते भएका उनको टाउँको र छातीमा चोट लागेको छ भने उनले चलाउने अटो रिक्सामा क्षति पुगेको छ ।

उनको कोल्हबीस्थित तामागढी अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?