+
+
Shares

विद्यालय तहमा विद्यार्थीको संख्या ८५ लाख ८७ हजार, शिक्षक ३ लाख २५ हजार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालय तहमा विद्यार्थीको संख्या बढिरहेको छ र यसले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन संकेत गर्दछ।
  • महालेखाको प्रतिवेदन अनुसार, यस वर्ष विद्यार्थीको संख्या ८५ लाख ८७ हजार २०६ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ लाख २९ हजार २७६ बढी हो।
  • शिक्षकको संख्या पनि बढिरहेको छ र यस वर्ष ४२ हजार ७२५ जना शिक्षक थपिएका छन्।

२ जेठ, काठमाडौं । विद्यालय तहमा विद्यार्थीको संख्या बढेको छ । महालेखाको ६२ औं प्रतिवेदनले विद्यार्थीको संख्या बढेको देखाएको हो ।

महालेखालाई आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको विवरणअनुसार यो वर्ष पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहका ७७ हजार ९४४ विद्यालयमा ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी छन् । जसमा सामुदायिक विद्यालयमा ५६ लाख ३५ हजार ३४२ जना, निजीमा २७ लाख ९४ हजार ४४५ जना र धार्मिक विद्यालयमा १ लाख ५७ हजार ४१८ जना विद्यार्थी छन् ।

अघिल्लो वर्ष ८० लाख ५७ हजार ९३० जना विद्यार्थी थिए । महालेखाको दुई आर्थिक वर्षको प्रतिवेदन हेर्दा ५ लाख २९ हजार २७६ जना विद्यार्थीको संख्या बढेको देखिन्छ ।

७७.६ प्रतिशत सामुदायिक विद्यालयमा ६५.६२ प्रतिशत विद्यार्थी छन् । संस्थागततर्फ विद्यालयको हिस्सा १९.९० प्रतिशत र विद्यार्थीको हिस्सा ३२.५४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको भन्दा यो वर्ष निजी विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढेको छ । गत वर्ष ३१.८५ प्रतिशत विद्यार्थी निजीमा थिए । प्रतिवेदन अनुसार शिक्षकको संख्या ३ लाख २५ हजार ३१० शिक्षक रहेका छन् ।

अघिल्लो आर्थिक वर्षमा २ लाख ८२ हजार ५८५ शिक्षक थिए । प्रतिवेदन अनुसार ४२ हजार ७२५ जना शिक्षकको संख्या बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?