
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको कडा विरोध गर्ने बताएका छन्।
- यादवले सामाजिक सञ्जालमार्फत् भूमि सम्बन्धी अध्यादेश र विधेयकलाई जनताको हितविपरीत भएको भन्दै विरोध जनाएका हुन् ।
- जसपा नेपालले भूमि अध्यादेशलाई पारित हुनबाट रोक्न सफल भएको थियो किनभने पार्टीको असहमतिका कारण राष्ट्रिय सभामा बहुमत जुट्न सकेको थिएन ।
२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको पनि सशक्त विरोध गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत् यादवले भूमि विधेयक पनि वन र भूमि सक्नेगरी आएकाले सशक्त विरोध गर्ने बताएका हुन् ।
‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले विरोध गरेका थियौं’, अध्यक्ष यादवले लेखेका छन्, ‘अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ, सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौ ।’
यसअघि जसपा नेपालकै असहमतिका कारण भूमि अध्यादेश पारित हुन सकेको थिएन । जसपा नेपालको असहमतिले राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले भूमि अध्यादेश स्वतः निष्क्रिय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4