+

राष्ट्रव्यापी रेटिङ चेसमा रुपेशको एकल अग्रता

२०८२ जेठ  ३ गते २०:०७ २०८२ जेठ ३ गते २०:०७
राष्ट्रव्यापी रेटिङ चेसमा रुपेशको एकल अग्रता

३ जेठ, काठमाडौं । विर्तामोड चेस क्लब र किरात याक्थुङ चुम्लुङको सह–आयोजनामा विर्तामोड सिटी सेन्टरमा सञ्चालन भइरहेको राष्ट्रव्यापी रेटिङ चेस प्रतियोगितामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल ५ अंकसहित एकल अग्रतामा छन्।

चौथो चरणमा उनले सुमन श्रेष्ठलाई र पाँचौँ चरणमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई पराजित गरे। पाँच चरणपछि झापाका राजन सुवेदी, प्रकाश नेपाल, पाँचथरका रिशोन थापा र सुनसरीका राजेन्द्र राईले ४.५ अंकसहित संयुक्त दोस्रो स्थानमा छन्।

अन्य उल्लेखनीय खेलाडीहरूमा नवीन तण्डुकार, सुमन श्रेष्ठ, धिरेन राई, ज्वाला लिम्बू, हिमाल राई, मणीराज डाँगी लगायतले ४ अंक जोड्न सफल भएका छन्।

९ चरणको स्वीस लिग प्रणालीमा आधारित प्रतियोगितामा विजेताले ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो स्थानले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। कुल पुरस्कार राशी ३ लाख ३५ हजार रुपैयाँ रहेको छ।

राष्ट्रव्यापी रेटिङ चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय