२६ असार, काठमाडौं । दश वर्षको अवधिमा पेट्रोलको भाउ ५३.७३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०६१/०६२ मा पेट्रोलको भाउ प्रतिलिटर ६२ रुपैयाँ रहेकोमा आव २०७०/०७१ मा प्रति लिटर १३४ रुपैयाँ ५० पैसा पुगेको छ ।
डिजेलको भाउ २०६१/०६२ मा ४१ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा १०५ रुपैयाँ ५० पैसा पुगेको छ । मट्टितेलको भाउ ३४ रुपैयाँबाट बढेर १०५ रुपैयाँ ५० पैसा पुगेको छ ।
आर्थिक वर्ष २०६९/०७० मा नेपाल आयल निगमको मासिक घाटा साढे ४ गुनाले घटेको छ । सरकारले बिहीबार सार्वजनिक गरेको वाषिर्क समिक्षाअनुसार यस वर्ष निगमलाई २ अर्ब ५ करोड रुपैयाँ खुद नोक्सानी भएको छ । जबकी अघिल्लो वर्ष निगमले ९ अर्ब ५३ करोड रुपैयाँ घाटा बेहोर्नु परेको थियो ।
समिक्षा वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न गएको र आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नाले खुद नोक्सानी ठूलो अंकले घट्न गएको हो । पछिल्लो समय निगमको घाटामा सुधार हुँदै गइरहेको छ ।
निगमले चालु आर्थिक वर्षमा १० अर्ब १५ करोड रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ६६ करोड रुपैयाँमात्र नोक्सानी हुने सरकारी प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा दुई मूल्यका ग्यास सिलिन्डर प्रयोगमा ल्याइने हुँदा नोक्सानी घट्न सक्ने प्रक्षेपण गरिएको हो ।
निगमले गत आर्थिक वर्षमा २ लाख २३ हजार ८७ किलोलिटर पेट्रोल, ७ लाख २१ हजार २ सय ३ किलोलिटर डिजेल, २४ हजार ६५ किलोलिटर मट्टतिेल १ लाख १५ हजार ८ सय ९६ किलोलिटर हवाई इन्धन, २ लाख ६ हजार ९ सय ३२ मेटि्रक टन ग्यास आयात गरेको छ ।
त्यसैगरि, निगमले २ लाख २१ हजार ६ सय ७६ किलोलिटर पेट्रोल गत आर्थिक वर्षमा बिक्री गरेको छ । त्यस्तै, ७ लाख १६ हजार ७ सय ४७ किलोलिटर डिजेल, २४ हजार ७ सय २१ लिटर मट्टतिेल, १ लाख १५ हजार ७ सय ८६ लिटर हवाई इन्धन र २ लाख ६ हजार ९ सय ३२ मेटि्रक टन ग्यास बिक्री गरेको छ ।
चालु आर्थिक वर्षमा २ लाख ४२ हजार किलोलिटर पेट्रोल, ७ लाख ६५ हजार किलोलिटर डिजेल, १० हजार किलोलिटर मट्टतिेल, १ लाख २२ हजार किलोलिटर हवाई इन्धन र २ लाख ३० हजार ७ सय मेटि्रक टन ग्यास बिक्री गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4