+
+
Shares

मन्त्रीहरू नै संसद् बैठकमा भिडियो गेम खेलेर बस्नुहुन्छ : राप्रपा सांसद कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रोशन कार्कीले संसद् बैठकलाई भ्रामक र निरस ठाउँको रुपमा चित्रण गरेकी छन्।
  • मन्त्रीहरूले भिडिओ गेम खेल्ने गरेको आरोप लगाइन्।
  • संसद् जनतालाई झूट बोल्ने र सरकारको नाटक देखाउने स्थान भएको उनको भनाइ थियो।

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्ने क्रममा उनले संसद् ढाँट्ने थलो रहेको महसुस भएको बताइन् । संसद्जतिको निरस ठाउँ अरु नरहेको उनको भनाइ थियो ।

‘मन्त्रीहरू यहाँ आउनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ,’ उनले भनिन् ।

उनले बोल्ने तर बोलेका कुराहरू नसुन्ने ठाउँ संसद् रहेको भन्दै सरकारले जनतालाई सांसदहरुमार्फत् ढाँट्ने गरेको पनि बताइन् ।

मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको उनले बताइन् ।

‘संसद् ढाँट्ने थलो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरस ठाउँ त केही पनि छैन । यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरू सुनिँदो रहेनछ । यहाँ कुर्सीहरू खाली हुँदा रहेछन्,’ सांसद कार्कीले भनिन्, ‘सरकारले जहिले पनि जनतालाई सांसदहरूको मार्फतबाट ढाँट्दो रहेछ । यो बजेट बनिसक्छ । मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ । नाटक हुन्छ त्यहाँ पनि । हामी संशोधन हाल्छौँ, गम्भीर हुन्छौँ ।’

साथै, उनले सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?