+
इन्डियन प्रिमियर लिग :

गुजरातको जितपछि तीन टोली प्लेअफमा

२०८२ जेठ  ५ गते ९:३१ २०८२ जेठ ५ गते ९:३१
गुजरातको जितपछि तीन टोली प्लेअफमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गरी आइपिएलको प्लेअफमा स्थान बनाएको हो ।
  • गुजरातले १२ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो र तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन् ।
  • दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै विकेट नगमाई पूरा गर्‍यो ।

५ जेठ, काठमाडौं । गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ ।

गुजरातको सानदार जितपछि गुजरातसँगै तीन टोलीले प्लेअफमा स्थान पक्का गरेको छ ।

दिल्ली विरुदध जितपछि १२ खेलमा १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा उक्लँदै प्लेअफ पुगेको हो ।

गुजरातको जितले दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्लुरु र तेस्रो स्थानको पञ्जाव किंग्सल प्ले अफमा स्थान सुरक्षित गरेका छन् । बेंगलुरु र पञ्जावको समान १७ अंक छ ।

अब बाँकी एक स्थानमा लागि तीन टिम होडमा छन् । त्यसमा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जयान्ट्स छन् ।

अरुण जेट्ली क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गरेको हो ।

गुजरातका लागि साई शुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै अविजित १०८ रन बनाए । कप्तान शुभमन गिलले ५३ बलमा ३ चौका र ७  छक्का प्रहार गर्दै अविजित ९३ रन बनाए ।

त्यसअघि केएल राहुलको अविजित ११२ रनको मदतमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

आईपीएल इन्डियन प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय