+
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट :

नेपाललाई यूएईको प्रतिस्पर्धात्मक लक्ष्य, मनिषाले लिईन् ४ विकेट

२०८२ जेठ  ५ गते १०:२१ २०८२ जेठ ५ गते १०:२१
नेपाललाई यूएईको प्रतिस्पर्धात्मक लक्ष्य, मनिषाले लिईन् ४ विकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य निर्धारण गर्यो।
  • यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो, नेपाललाई ११५ रनको लक्ष्य दिए।
  • यूएईका कप्तान इशा ओजाले ३९ रन, तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाइन्।
  • नेपालका मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन्, कविता कुँवर र राजमती ऐरीले पनि विकेट लिए।
  • दुवै टोलीले जित्नैपर्ने दबाबमा खेल्दै, नेपालले यूएईलाई हराएमा ग्लोबल छनोट निश्चित हुनेछ।

५ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

यस खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।

 

 

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय