+
+
Shares

साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि जेठ १० गते बेइजिङ जाने कार्यक्रम तय भएको छ।
  • उनले केही एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।
  • गत वर्ष असारमा तय भएको भ्रमण अन्तिम समयमा स्थगित भएको थियो।

५ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि आगामी साता चीन भ्रमणमा जाने भएकी छन् ।

पूर्वराष्ट्रपतिको सचिवालय स्रोतका अनुसार उनी चीनको सरकारी निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने कार्यक्रम तय भएको छ । उनले केही एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

‘भ्रमण तालिका तयार हुँदैछ, पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका बन्दैछ,’ स्रोतले भन्यो ।

भ्रमणका क्रममा मानसरोवर भ्रमण गर्नेदेखि बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्ता पनि हुने बताइएको छ ।

गत वर्ष असारमा तय भएको पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?