+

एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन

२०८२ जेठ  ५ गते १७:२३ २०८२ जेठ ५ गते १७:२३
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो एसकेबिसी बागमती प्रदेश तेक्वान्दो प्रतियोगिता काठमाडौंमा सम्पन्न भयो।
  • ढल्को तेक्वान्दो डोजाङले टिम च्याम्पियन बनेर ७ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्यो।
  • प्रतियोगितामा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कार र सम्मान प्रदान गरियो।

५ जेठ, काठमाडौं । दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ ।

टोखा नगरपालिकाको बसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ढल्को ७ स्वर्ण, ५ रजत र ३ कास्य जित्दै टिम च्याम्पियन बन्यो ।

आयोजक एसकेबिसी तेक्वान्दो क्लब ५ स्वर्ण, ३ रजत र १० कास्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बालाजु तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक हात पा¥यो ।

प्रतियोगिताको पुरुषमा जैशीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बू तथा महिलामा गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए । एसकेबिसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक चुनिए भने कुमार लावत उत्कृष्ट निर्णायक ठहरिए । उत्कृष्ट चारैलाई ओप्पो मोबाइल पुरस्कार स्वरुप प्रदान गरियो ।

विजेतालाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा गुरुङले प्रतियोगितालाई निरन्तरता दिन हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउदै खेलकुदमार्फत समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजन भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रतियोगिता सफल पार्न सहयोग गर्ने संघ–संस्था र व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

एसकेबिसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक रञ्जित डंगौराका अनुसार प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका गरी ५ सय सिनियर÷जुनियर खेलाडी सहभागी थिए ।

उनले च्याम्पियनसिपलाई प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्ने लक्ष्य रहेको बताए ।

एसकेबिसी तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय