News Summary
Generated by OK AI. Editorially reviewed.- ५ जेठ काठमाडौंमा भएको बैठकले २०२६ मा युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच फाइनल खेल हुने निर्णय गर्यो।
- अर्जेन्टिना र स्पेनबीचको फाइनल खेलको मिति र स्थान अझै तय भएको छैन, विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।
- फिफाले अर्जेन्टिना र स्पेनबीचको फाइनलको मिति २०२६ मार्च २३ देखि ३१ सम्मको प्रस्ताव गरेको छ।
५ जेठ, काठमाडौं । युरोप र दक्षिण अमेरिकी महादेशको च्याम्पियन टोलीबीच हुने फाइनल खेल अर्थात फिनालिसिमाको तेस्रो संस्करण आगामी वर्ष २०२६ मा हुने तय भएको छ ।
दक्षिण अमेरिकाको महादेशिय प्रतियोगिता कोपा अमेरिकाको विजेता अर्जेन्टिना (विश्वकप विजेता समेत हो) र युरोपको प्रतियोगिता युरोको विजेता स्पेनबीच अर्को वर्ष फिनालिसिमा हुने भएको हो ।
विश्व फुटबलको दुई चर्चत टोली र आफ्नो महादेशको च्याम्पियन दुई टोलीबीच खेल हुने भएपछि अहिले यो खेलको प्रतीक्षा बढ्न थालेको छ ।
पाराग्वेको असुन्सिओनमा भएकग ७५औं फिफा कंग्रेसको अवसरमा दक्षिण अमेरिका फुटबल संघ कन्मेबोल, युरोपेली फुटबल महासंघ युइएफएसहित अर्जेन्टिनी फुटबल संघ एएफए र रोएल स्पानिस पुटबल फेडेरेसन (आरएफइएफ) को प्रतिनिधिहरुबीच पहिलो पटक छलफल भएको थियो । जहाँ कोपा अमेरिका २०२४ को विजेता र युरो २०२४ को विजेताबीच फिनालिसिमा खेल हुनेबारे छलफल भएको थियो ।
खेल अर्को वर्ष हुने भनिएपनि मिति र स्थान तोकिएको छैन । खेलको आयोजना बारे विस्तृत विवरण केही समयमा सार्वजनिक गरिने युइएफएले जनाएको छ ।
तर विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र स्पेनबीच हुने फिनालिसिमाका लागि २०२६ मार्च २३ देखि ३१ सम्मको मिति उपलब्ध गराएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएको छ ।
विश्व विजेता समेत रहेको अर्जेन्टिनाले पछिल्लो पटक सन् २०२२ मा भएको फिनालिसिमा जितेको थियो ।
लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले युरो २०२० को विजेता इटलीलाई ३-० ले हराएर फिनालिसिमाको उपाधि जितेको थियो ।
प्रतिक्रिया 4