+

बी डिभिजन लिगमा श्री कुमारी र ब्रिगेड ब्वाइज विजयी

२०८२ जेठ  ५ गते १७:४१ २०८२ जेठ ५ गते १७:४१
बी डिभिजन लिगमा श्री कुमारी र ब्रिगेड ब्वाइज विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्री कुमारी युथ क्लबले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरी सातौं स्थानमा उक्लिएको छ।
  • ब्रिगेड ब्वाइज क्लबले च्यासल युथ क्लबलाई ४-१ ले हराउँदै रेलिगेसन टारेको छ।
  • प्लानिङ ब्वाइजले बी डिभिजन लिगको उपाधि जितिसकेको छ र नयाँबस्ती युथ क्लब रेलिगेसनमा परेको छ।

५ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा श्री कुमारी युथ क्लब र ब्रिगेड ब्वाइज क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएकव खेलमा श्री कुमारीले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेको हो ।

श्री कुमारीका लागि यामन महर्जनले ४४औं र मौसम राईले ९०औं मिनेटमा गोल गरे । जितपछि १२ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा उक्लेको श्री कुमारीले रेलिगेसन टारेको छ । यसअघि नै रेलिगेसनबाट जोगिसकेको सरस्वतीकव पनि समान खेलबाट १५ अंक नै छ ।

यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबारै भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले च्यासल युथ क्लबलाई ४-१ ले पराजित गरेको छ ।

ब्रिगेडका लागि कुमुन्द कुमार निउरेले ह्याट्रिक गरे । उनले खेलकव ४५औं, ५३औं र ७१औं मिनेटमा गोल गरे । त्यसअघि रोमन श्रेष्ठले नवौं मिनेटमै गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए भने कोमल थिङले १४औं मिनेटमा च्यासलका लागि बराबरी गोल फर्काएका थिए ।

जितपछि ब्रिगेडले १२ खेलबाट १५ अंक जोड्दै रेलिगेसन टारेको छ । पराजित च्यासलको १२ खेलबाट १५ अंक नै छ ।

प्लानिङ ब्वाइजले बी डिभिजन लिगको उपाधि जितिसकेको छ भने नयाँबस्ती युथ क्लब रेलिगेसनमा परेको छ ।

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय