
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले काठमाडौंमा ‘कुण्डलिनी–२’ शीर्षकमा भीमप्रसाद शर्माका चित्रकला प्रदर्शनी सुरु गर्यो।
- पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदानको आश्वासन दिए।
- प्रदर्शनी १० जेठसम्म निःशुल्क खुला रहनेछ र मासिक फोटो प्रतियोगितामा पुरस्कार प्रदान गरिन्छ।
५ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डको नियमित ‘फोटो–नेपाल’ प्रदर्शनी कार्यक्रम अन्तर्गत ‘कुण्डलिनी–२’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।
पर्यटन बोर्डमा आयोजना गरिएको यो १३औं एकल चित्रकला प्रदर्शनी हो । यसपालि भीमप्रसाद शर्माका चित्र प्रदर्शनीमा राखिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सिर्जनात्मक प्रदर्शनीले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरसँग सहकार्य गरी देशको पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउने बताए । प्रदर्शनी १० जेठसम्म निःशुल्क रूपमा सर्वसाधारणका लागि खुला रहने छ ।
बोर्डले सञ्चालन गर्दै आएको फोटो नेपाल अभियान अन्तर्गत बोर्डको पोर्टलमा मासिक फोटो प्रतियोगिता समेत जारी छ । यस प्रतियोगितामा हरेक महिनाका उत्कृष्ट तीन तस्वीरलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।
नेपालका हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र उजागर नभएका र प्रचार नपुगेका गन्तव्य समेटिएका तस्वीर पठाउन बोर्डले देश–विदेशका फोटोग्राफरलाई आह्वान गरेको छ ।
बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको ‘फोटो–नेपाल’ अभियान अन्तर्गत हालसम्म १ सयभन्दा बढी कला तथा फोटो प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया 4