+

वान रन हाफ म्याराथन जेठ १० मा हुने

२०८२ जेठ  ६ गते १०:१९ २०८२ जेठ ६ गते १०:१९
वान रन हाफ म्याराथन जेठ १० मा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन यही जेठ १० गते आयोजना हुनेछ ।
  • नेपालसहित विश्वका ११० सहरमा एकै दिन यो दौड हुनेछ ।
  • दौड ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिरबाट सुरु हुनेछ ।

६ जेठ, काठमाडौं । वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन यही जेठ १० गते हुने भएको छ । उक्त हाफ म्याराथनको तयारी पूरा भएको नेपालको आयोजकले जनाएको छ ।

ललितपुरको पाटन दरबारस्थित कृष्ण मन्दिरबाट दौड सुरु हुनेछ । गत वर्ष पनि यो दौड आयोजना भएको थियो ।

यस वर्ष नेपालसहित विश्वका ११० सहरमा एकै दिन यो हाफ म्याराथन हुन लागेको हो ।

हिरो लिगको आयोजनामा हुने यस दौडमा नेपालले पनि एक हजार भन्दा बढी धावकसहित सहभागिता जनाउने थालेको हो ।

विश्वकै ठूलो हाफ म्याराथनको रुपमा रहेको यसमा चार इभेन्टमा हुनेछ । २१.१ किमि, १० किमि, ५ किमि र १ किमिमामा धावकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

दौडको रुट ललितपुरको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थल रहेको छ ।

दौड पाटन दरबार क्षेत्रबाट सुरु भएर, मंगलबजार हुदै पुलचोक, जावलाखेल, एकान्तकुना, सातदोबाटो हुदै बल्खु, कलंकी, सितापाइला हुदै फेरी कृष्ण मन्दिरमै गएर अन्त्य हुनेछ ।

दौडमा बालबालिकादेखि ज्येष्ठ नागरिकसहित सबै उमेरका धावकलाई सहभागी हुने मौका प्रदान गरिने जनाइएको छ ।

नेपालमा यो दौड एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्न लागेको हो ।

वान रन हाफ म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय