+
+
Shares

लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १२:०४
प्रतिष्ठान अध्यक्ष रीता थापामगर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले फागुनमा ९ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
  • प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
  • बैठकले भदौ १४ र २८ गते क्रमशः जिल्ला र प्रदेश समितिको अधिवेशन गर्ने निर्णय गरेको छ।

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औं महाधिवेशन फागुनमा आयोजना हुने भएको छ । केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते गर्ने र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका उपमहासचिव शिरिष देवकोटाका अनुसार प्रदेश र महाधिवेशनका प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत भएको छ ।

त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ । महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ ।

यसअघिको महाधिवेशनबाट मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष समेत हुन् । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा छन् ।

संस्थामा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् । जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दा बढी शाखा समिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?