+
+
Shares

सर्वसाधारणको स्वास्थ्य उपचार महँगो भयो : सांसद कुँवर

सांसद कुँवरले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद शेरबहादुर कुँवरले सर्वसाधारणको स्वास्थ्य उपचार महँगो भएको बताएका छन्।
  • उनले सरकारलाई पूर्वसांसद गोविन्दनाथ उप्रेतीको उपचार र हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा ध्यानाकर्षण गराउन आग्रह गरे।

६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले भने, ‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको छ ।’

सांसद कुँवरले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरे ।

‘राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ,’ उनले भने, ‘पटक-पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेती लामो समयदेखि सिकिस्त बिरामी भई अस्पतालमा हुनुहुन्छ । उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु ।’

कुँवरले वर्षायामसँगै हावाहुरीबाट देशका विभिन्न स्थानमा दुःखद् घटना भएकाले हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षसमेत गराए ।

‘वर्षायामसँगै हावाहुरीबाट देशभरि विभिन्न ठाउँमा घटनाहरू भएका छन् । हावाहुरीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ,’ उनले भने, ‘वर्षासँगै हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?