+

एलिस च्याम्पियनसिपमा सहभागी हुन कुस्ती टोली भारत जाने

२०८२ जेठ  ६ गते १६:१२ २०८२ जेठ ६ गते १६:१२
एलिस च्याम्पियनसिपमा सहभागी हुन कुस्ती टोली भारत जाने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टोलीले ६ जेठमा नयाँ दिल्ली प्रस्थान गरी एसियन बेल्ट कुस्ती च्याम्पियनसिपमा भाग लिनेछ।
  • तीन पुरुष खेलाडी सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव प्रतियोगितामा सहभागी हुनेछन्।
  • राखेपले सञ्चालन गरेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीहरू प्रतियोगितामा भाग लिनेछन्।

६ जेठ, काठमाडौं । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन् ।

तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् ।

प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् । प्रतियोगिताका दौरान हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्य समेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि टोलीसँगै भारत जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्यसचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली कुस्ती टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय