
News Summary
Generated by OK AI. Editorially reviewed.- मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्न अन्तरबैंक टेलर क्यूआर सेवा सुरु गरेको छ ।
- सेवाबाट ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी क्यूआर स्क्यान गरी रकम झिक्न सक्नेछन्।
- सेवा प्रारम्भिक रूपमा मुख्य शाखा र केही शाखाबाट सुरु गरी विस्तार गरिनेछ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ ।
यस सेवा अन्तर्गत ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्ने बैंकले जनाएको छ ।
यस सेवाको सुरुवातबाट ग्राहकले परम्परागत रूपमा चेक तथा एटीएम प्रयोग मार्फत रकम झिक्नुपर्ने बाध्यता कम गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् ।
यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढंगा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरु गरी निकट भविष्यमा देशभरिकै शाखामा विस्तार गरिने बैकले जनाएको छ ।
बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको छ ।
प्रतिक्रिया 4