+
+
Shares

अनेरास्ववियुको लोगो र झण्डा सगरमाथाको शिखरमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते २०:००

६ जेठ, काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा सगरमाथाको शिखरमा पुर्‍याइएको छ ।

हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा शिखरमा पुर्‍याइएको प्रवक्ता प्रकाश पौडेलले बताए।

‘अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिको संरक्षणलाई केन्द्रमा राखेर अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वातावरणीय न्याय, हिमालको संरक्षण तथा दिगो विकासका पक्षमा दृढ रहँदै अघि बढ्नेछौं,’ प्रवक्ता पौडेलले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?