+
+
Shares

१० वर्षअघि त्रिपालकाण्डमा पनि जोडिएका थिए सहसचिव भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबाट पक्राउ परेका सहसचिव तीर्थराज भट्टराईमाथि भ्रष्टाचार र अनियमितता आरोप लगाएको छ।
  • उनीमाथि करिब एक दशकअघि भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोप थियो र विशेष अदालतले सफाइ दिएपछि निजामती सेवामा फर्किएका थिए।
  • उनले राष्ट्रिय परिचयपत्र विभागको महानिर्देशक समेत रहेर विवादमा परेका थिए र हाल गृह मन्त्रालयमा सरुवा भएका छन्।

७ जेठ, काठकाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबाट पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई पटकपटक विवादमा परिरहने निजामती कर्मचारी हुन् । उनीमाथि करिब एक दशकअघि नै भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ माघ, २०७२ मा काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भट्टराई लगायत ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला विपद् र त्यसपछिको मानविय संकटको बेलामा समेत बदनियत राखि त्रिपाल खरिद गरिएको आरोप लगाएको छ । हुन पनि उनले भन्सार छुटमा ल्याएको त्रिपाल महंगो मूल्यमा खरिद गरेका थिए । उनीमाथि सोझै बजारबाट त्रिपाल खरिद गरेको जिविसले त्यसको गुणस्तर परिक्षण नगरेको भेटिएको छ ।

पछि विशेष अदालतले सफाइ दिएपछि उनी निजामती सेवामा फर्किए । त्यहीबीचमा असार २०७७ मा उनी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा भए । बढुवापछि पनि उनी आकर्षक कार्यालयहरूमा पोस्टिङ भइरहे ।

भट्टराई राष्ट्रिय परिचयपत्र विभागको महानिर्देशक समेत भएका थिए । राष्ट्रिय परिचयपत्र रुजु गर्ने संयन्त्रसम्बन्धी ठेक्काका क्रममा उनी विवादमा मुछिएका थिए । त्यसबारेमा उजुरी परेपछि मोरङका प्रमुख जिल्ला अधिकारी रहेका उनलाई गृह मन्त्रालयमा तानिएको थियो । पछि भने थप छानबिन हुन सकेन ।

उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट अध्यागमन कार्यालय पुगेका थिए । त्यहाँ कार्यरत रहँदा मानव तस्करसँग मिलेमतो गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको थियो । त्यसको सुँइको पाएपछि उनले गृह मन्त्रालयमा नै सरुवा मागेका थिए । मंगलबार मात्रै उनको सरुवा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?