+

विश्वकपको ग्लोबल क्वालिफायर पुगेको महिला क्रिकेट टोली स्वदेश फर्कियो

२०८२ जेठ  ७ गते २०:४३ २०८२ जेठ ७ गते २०:४३
विश्वकपको ग्लोबल क्वालिफायर पुगेको महिला क्रिकेट टोली स्वदेश फर्कियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
  • महिला टी२० विश्वकपको एसिया क्वालिफायरमा शीर्ष दुईमा रहँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो ।
  • टोलीलाई त्रिभुवन विमानस्थलमा क्यान सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामालगायतले स्वागत गरे ।

७ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट पार गरी ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो । क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले ग्लोबल क्वालिफायरमा पुग्नु ऐतिहासिक भएको बताउँदै आउने दिनमा अझ धेरै गर्न बाँकी रहेको बताए । ‘आगामी दिनमा अझ धेरै मेहेनत गर्नुपर्ने र अझ चुनाैती नै छ’ रुबिनाले भनिन् ।

गएको सोमबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकप छनोटको ग्लोबल राउन्डमा स्थान बनाउन सफल भएको थियो ।

नेपालले एसिया छनोटको समूह चरणमा बहराइनलाई दुईपटक हराउँदा हङकङसँग पराजित भएको थियो । त्यसका बाबजुद सुपर ३ मा पुगेको थियो ।

सुपर ३ मा यूएईलाई हराउँदा थाइल्याण्डसँग भने पराजित भएको नेपाल एसिया छनोट प्रतियोगिताको उपविजेता बन्यो ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय