+

एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

२०८२ जेठ  ७ गते २२:०७ २०८२ जेठ ७ गते २२:०७
एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले नवौं पीएम कप भलिबल लिगको खेल तालिका सार्वजनिक गर्यो।
  • खेलहरू पोखरा रंगशालामा बिहीबारदेखि सुरु हुनेछन्।
  • प्रतियोगितामा विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिइनेछ।

७ जेठ, काठमाडौं । बिहीबारदेखि पोखरामा सुरु हुने नवौं पीएम कप एनभीए महिला/पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल भलिबल संघ (एनभीए)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार उद्घाटन खेल बिहीबार विहान ८ बजे महिलातर्फ एपीएफ र कर्णालीको बीचमा हुनेछ ।

त्यस्तै पुरुषतर्फ पहिलो खेल दिउँसो १२ बजे एपीएफ र सुदुरपश्चिमको बीचमा हुनेछ । बिहीबार नै महिलातर्फ थप एक खेल र पुरुषतर्फ थप ३ खेल पनि हुनेछन् । प्रतियोगिताको खेलहरु पोखरा रंगशालाको बहुउद्देशिय कभर्डहलमा हुनेछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब सहभागी हुनेछन्।

महिलातर्फ नेपाल प्रहरी क्लब, एपिएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेश टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा प्रत्येक टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछन्। महिला तथा पुरुष दुवै तर्फका विजेता टिमलाई ८ लाख, उपविजेतालाई ४ लाख र तेस्रोलाई ६ लाख रुपैयाँ पुरस्कार दिइनेछ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५०,००० रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५,००० रुपैयाँ पुरस्कार पाउने छन्।

एनभीए भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय