
News Summary
Generated by OK AI. Editorially reviewed.- मुख्यसचिव अर्याल र सचिवहरूले निजामती सेवा विधेयकको ‘कुलिङ पिडियड’ व्यवस्था हटाउन माग गरेका छन्।
- उनीहरूले सभामुखलाई भेटेर उक्त व्यवस्थाको विरोध जनाएका हुन्, जसले कर्मचारीहरूको संवैधानिक नियुक्तिमा प्रभाव पार्नेछ।
- विधेयकले अवकाशपछि कर्मचारीलाई संवैधानिक पदमा नियुक्ति प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ।
८ जेठ, काठमाडौं। निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिडियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव एकनारायण अर्याल र अरु सचिवहरुले सभामुखलाई भेटेका छन् ।
मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो सभामुख देवराज घिमिरेलाई भेटेका हुन् ।
उनीहरुले राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको व्यवस्थाप्रति आफूहरुको चासो रहेको र त्यो व्यवस्था हटाउनुपर्ने माग गरेका हुन् । उनीहरुले अरु क्षेत्रका मानिसहरुलाई त्यस्तो बन्देजात्मक व्यवस्था नभएको अवस्थामा निजामती कर्मचारीहरुलाई मात्रै कुलिङ पिरियडको व्यवस्था राख्न नहुने तर्क गरेका हुन् ।
राज्यव्यवस्था समितिबाट पारित भएको प्रतिवेदनमा निजामती सेवाबाट अवकाश पाएको दुई वर्ष नपुग्दै कुनैपनि पूर्वकर्मचारीले संवैधानिक निकायमा नियुक्ति नपाउने व्यवस्था थपिएको छ ।
अहिले निजामती कर्मचारीहरुको अवकाशको उमेरहद ६० वर्ष बनाउने प्रस्ताव छ । त्यसो भएमा ६२ वर्ष उमेर पुगेपछि मात्रै कर्मचारीहरु राजनीतिक नियुक्तिका लागि योग्य हुनेछन् ।
त्यसपछि उनीहरुले ३ वर्षमात्रै संवैधानिक नियुक्ति पाउनेछन् किनभने संवैधानिक आयोगहरुमा पदाधिकारीहरुको उमेरहद ६५ वर्ष छ । करिव ५०/५२ वर्षको उमेर हाराहारीमा सचिव हुने कर्मचारीहरुले मात्रै पुरै कार्यकाल विताउने गरी संवैधानिक पदमा नियुक्ति लिने सम्भावना रहन्छ ।
प्रतिक्रिया 4