+
+
Shares

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती

आजको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त भए।
  • उनीले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट सपथ ग्रहण गरे र २७ वर्षभन्दा बढी अनुभव राख्छन्।
  • उनी हाल राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।

६ जेठ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सञ्चालक समिति अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन् ।

आजको औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा थिए ।

नवनियुक्त अध्यक्ष उप्रेतीको केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव छ भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । हाल उनी राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् ।

एनसीएचएल सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?