News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले लिग २ र टी-२०आई शृंखलाका लागि युकेमा अभ्यास खेल खेलिरहेको छ।
- बिहीबार नेपालले ग्लोसेस्टरशायरलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
८ जेठ, काठमाडौं । स्कटल्याण्डमा हुने लिग २ र टी-२०आई शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँग टी-२० अभ्यास खेल खेलिरहेको छ ।
जारी खेलमा नेपालले ग्लोसेस्टरशायरको दोस्रो रोजाइको टिमलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । ३० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रोहित पौडेलले ३५, दिपेन्द्रसिंह ऐरीले ३२ र अनिल साहले २९ रन बनाए । आरिफ शेख ९ बलमा २२ रनमा अविजित रहँदै फिनिसिङ क्यामिओ खेले ।
ग्लोसेस्टरशायरका लागि डेभिड पेन र अमन राओले २-२ विकेट लिए । डारुश अहमद र अहमद साइदले १-१ विकेट लिए ।
प्रतिक्रिया 4