
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले काठमाडौंमा हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा दुई युवतीलाई पक्राउ गरेको छ ।
- उनीहरूले सामाजिक सञ्जालमार्फत चिनजान भएका युवकलाई ब्ल्याकमेल र बलात्कारको धम्की दिएका थिए।
- उनीहरूले युवकबाट ५ लाखको चेक लिएर गएका थिए ।
८ जेठ, काठमाडौं । हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोप छ ।
ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएको आरोप छ ।
सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएको पाइएको थिए । अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4