
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्झौता भएको छ।
- सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरे।
- यसले काठमाडौं उपत्यकामा आवास तथा सरल कर्जाको धितो रोक्का/फुकुवा अनलाइनबाट सम्पन्न हुने र सेवाग्राहीलाई छिटो सेवा प्राप्त हुने विश्वास कोषले व्यक्त गरेको छ।
८ जेठ, काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणाली मार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागका तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरे ।
सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का/फुकुवा अनलाइनबाट सम्पन्न हुनेछ ।
यसले आवास/सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4