News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य नेपाल च्यालेन्ज काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न भएको छ।
- रामे मगरको टिमले १२४ अंकसहित उपाधि जित्यो र अञ्जली योञ्जनले महिला प्रतिस्पर्धा जितिन्।
१० जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एम को उपाधि प्रोफेशनल खेलाडी रामे मगरको टिमले जितेको छ।
काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न भएको प्रतियोगितामा रामे मगरको टिमले कुल १२४ अंकसहित उपाधि जित्न सफल भयो। टिमका एमेच्योर खेलाडीहरू सत्यजोत रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ अंक जोडेका थिए।
प्रो भुवन नगरकोटीको टिम ११७ अंकसहित दोस्रो स्थानमा रह्यो। टिममा रहेका एमेच्योर खेलाडी रविन्द्र पुरुष ढकाल, मुक्ति सेन गुरुङ र तारा कार्की चित्रकारले समान ३९–३९ अंक जोडे।
तेस्रो स्थान भने प्रो रमेश अधिकारीको टिमले ११४ अंकसहित प्राप्त गर्यो। सो टिमका एमेच्योर खेलाडीहरू स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरुङले ३७ अंक बनाएका थिए।
महिलातर्फको प्रतिस्पर्धामा अञ्जली योञ्जनले ३९ स्कोरसहित राष्ट्रिय टिमकी खेलाडी तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा पछि पार्दै ट्रफी जितिन्।
अन्य विशेष उपाधिहरूमा झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिन को उपाधि जिते। प्रतियोगितामा कुल ९० जना एमेच्योर गल्फरहरूको सहभागिता थियो।
विजेता खेलाडीहरूलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।
यसअघि सम्पन्न सूर्य नेपाल च्यालेन्जको मुख्य उपाधि धरानका प्रोफेशनल खेलाडी शुक्रबहादुर राईले कोर्स रेकर्डसहित जितेका थिए। उनले १७-अन्डर २५५ को प्रभावशाली स्कोर गर्दै निरज तामाङलाई ४ स्ट्रोकले पछि पारेर उपाधि आफ्नो नाममा लेखाएका थिए।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर आउँदो जुन १० देखि जुन १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। प्रो-एम जुन १४ मा आयोजना हुनेछ।
प्रतिक्रिया 4