+
+
Shares

युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते

युक्रेनका राष्ट्रपतिले भने– युद्ध लम्बाउने रुस हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते ६:१४

११ जेठ, काठमाडौं । युक्रेनमा रुसले गरेको पछिल्लो हमलामा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ । ५६ जना घाइते झएका छन् । यो जानकारी युक्रेनका अधिकारीहरुले दिएका हुन् ।

युत्रेनी वायु सेनाले भनेको छ रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको छ । यो हमलामा कारण बस्तीमा आगो लागेको छ ।

वायु सेनाका अनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ ।

हमलालाई लिएर युत्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियालाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?