+
+
Shares

युवा संघको अध्यक्षका लागि थेबेले दर्ता गरे मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १८:२५

११ जेठ, काठमाडौं । युवा संघको अध्यक्षका लागि क्षितिज थेबेले मनोनयन दर्ता गराएका छन् ।

पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि थेबेले अध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

आज बेलुकी ७ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

त्यसपछि मतदान प्रक्रिया अघि बढ्नेछ ।

युवा संघको नेतृत्वका लागि निवर्तमान कार्यसमितिका महासचिव सुमन पुरीले पनि दाबी अघि सारेका छन् ।

पुरी सर्वसम्मतको पक्षमा नभएपछि चुनाव हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?