+
+
Shares

रास्वपा बैठक : सुमनाको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १८:२९

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।

एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् ।

श्रेष्ठले राजीनामामार्फत आफू सांसदका रूपमा सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरुलाई दिन चाहेको लगायत बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?