+
+
Shares

स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटनामा १८ वर्षीया मनिसा परियारको मृत्यु भयो।
  • उनले चलाएको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो।
  • दुर्घटनामा घाइते भएका पैदलयात्री र स्कुटर चालकलाई अस्पताल पुर्‍याइएको थियो।

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा स्कुटर दुर्घटना भएको छ ।

एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी घर भई चाबहिल बस्ने १८ वर्षीया मनिसा परियार छिन् । उनी स्कुटर चालक रहेको प्रहरीले बताएको छ । उनले चलाएको स्कुटरले गए राति एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

त्यसपछि स्कुटर समेत अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पैदलयात्री र स्कुटर चालक दुबैलाई उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल पठाइएको थियो ।

पैदलयात्रीको अहिले पनि उपचार जारी छ भने स्कुटर चालकको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?