+
+
Shares

प्रिमियर अटोमोबाइल्स सहित ५ उद्योगलाई साढे २ लाख जरिबाना

यी उद्योग तथा फर्मले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको, खरिद बिलबिजक नराखेको पाइएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १३:३२
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १८ उद्योग र फर्मलाई जरिबाना तिराएको छ।
  • अनुगमन क्रममा दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेकालाई जरिबाना गरिएको विभागले जनाएको छ।
  • बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन विभागले अनुगमन तीव्र बनाएको छ।

१२ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ५ उद्योग तथा फर्मलाई २ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत सोमबार १८ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा ललितपुर महानगरपालिका–१५ को प्रिमियर अटोमोबाइल्स प्रालिलाई ९० हजार, काठमाडौं महानगरपालिका–७ को फ्रेन्डस् एन्ड कम्पनी प्रालिलाई ८० हजार र कल्पना गिफ्ट सपलाई ६० हजार रुपैयाँ जरिबाना तिराएको हो । यस्तै विभागले काठमाडौं महानगरपालिका–७ मै रहेको कृष्ण श्रेष्ठ टेलरिङ सेन्टरलाई १५ हजार जरिबाना तिराएको छ ।

यी उद्योग तथा फर्मले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको, खरिद बिलबिजक नराखेको पाइएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।

यस्तै विभाग अनुगमन टोलीले अनुगमन गरेका अन्य उद्योग तथा फर्मलाई सामान्यदेखि व्यवसायसँग सम्बन्धित कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

अनुगमनमा विभागले दैनिक रूपमा एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?