News Summary
Generated by OK AI. Editorially reviewed.- श्री भगवती क्लबलाई टोखा नगरपालिकाले आर्थिक सहयोग र भूतखेल मैदान उपलब्ध गराउने भएको छ।
- क्लबले बी डिभिजनमा १३ खेलमा ७ जित, ५ बराबरी र १ हार सहित उपविजेता बनेर ए डिभिजनमा प्रवेश गरेको छ।
१३ जेठ, काठमाडौं । गत साता सम्पन्न ‘शहीद स्मारक बी डिभिजन लिग’मा उपविजेता बनेर ए डिभिजनमा स्थान बनाएको टोखाको श्री भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ ।
सोमबार नगरपालिकाले आयोजना गरेको विशेष सम्मान समारोहमा क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई सम्मान गर्दै नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक सहयोगको घोषणा गरे ।
मेयर अधिकारीले क्लबको सफलताले टोखा नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको उल्लेख गर्दै आगामी दिनमा क्लबलाई आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपप्रमुख मुरारी तामांगले क्लबलाई भूतखेल खुला मञ्च प्रयोग गर्न दिने तथा एकेडेमी सञ्चालनको व्यवस्था मिलाउने घोषणा गरे ।
१३ खेलमा ७ जित, ५ बराबरी र १ हार सहित २६ अंक बटुल्दै उपविजेता बन्दै शिर्ष डिभिजन पुगेको भगवती क्लबले आगामी सिजन ए डिभिजन लिग खेल्नेछ ।
नगरपालिकाले क्लबका खेलाडी तथा अफिसियलहरूलाई मायाको चिनो र खेल पोसाक वितरण गर्दै थप सफलताको शुभकामना व्यक्त गरेको थियो ।
प्रतिक्रिया 4