+
+
Shares

नार्कको कार्यकारी निर्देशकमा तिम्सिना नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते २२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले डा. कृष्ण तिमिल्सिनालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक नियुक्त गर्‍यो।
  • उहाँले यसअघि अघिल्लो सरकारका कृषिमन्त्री बेदुराम भुसालको जिम्मेवारी थिए, जुन नियुक्ति नियम विपरीत भएकोले उच्च अदालतले बदर गर्‍यो।
  • यसअघि पद रिक्त रहेको अवस्थामा सोमबार मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई नियुक्तिको निर्णय गर्‍यो।

१२ जेठ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशकमा डा. कृष्ण तिम्सिना नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई परिषद्को कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि नार्कको कायममुकायम निर्देशकको रुपमा अघिल्लो सरकारका कृषिमन्त्री बेदुराम भुसालले जिम्मेवारी दिएका थिए ।

तर, उक्त नियुक्ति नियम विपरीत भएको भन्दै उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।

त्यसयता रिक्त पदमा सोमबार मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?