+
+
Shares

काउलीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार काउलीको मूल्य बढेको हो।
  • आज स्थानीय काउलीको प्रतिकिलो थोक मूल्य न्यूनतम २५ र अधिकतम ३५ रुपैयाँ कायम छ।
  • मूल्य शनिबारदेखि बढ्न थालेको तथ्यांकले देखाउँछ।

१३ जेठ, काठमाडौं । बजारमा स्थानीय काउलीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार काउलीको मूल्य बढेको देखिएको हो ।

आज मंगलबार स्थानीय काउलीको प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ३५ रुपैयाँ कायम छ । सोमबारको तुलनामा यो मूल्य प्रतिकिलो १० रुपैयाँ बढी हो ।

सोमबार स्थानीय काउली प्रतिकिलो न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँमा कारोबार भएको थियो ।

गएको शनिबारदेखि काउलीको मूल्य बढ्न थालेको तथ्यांकले देखाउँछ । वैशाख अन्तिम साता स्थानीय काउली प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?