+
+
Shares

होटल व्यवसायी संघ र आईएमएसबीच सहायता कक्ष राख्न सम्झौता

मंगलबार आयोजित कार्यक्रममा आईएमएस सर्भिसेजकी प्रमुख कार्यकारी अधिकृत चारु श्रेष्ठ र होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले हस्ताक्षर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला होटल व्यवसायी संघ काठमाडौं र आईएमएस सर्भिसेज प्रा.लि.बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा सहायता कक्ष स्थापना गर्न सम्झौता भयो।
  • सम्झौतापछि असार पहिलो सातादेखि स्वदेशी र विदेशी यात्रुहरूको लागि सहायता सेवा सुरु हुने योजना छ।
  • होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले यात्रुहरूको सुविधाका लागि सहायता कक्ष स्थापना हुने बताए।

१२ जेठ, काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौं र आईएमएस सर्भिसेज प्रा.लि.बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा सहायता कक्ष राख्ने सम्झौता भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा आईएमएस सर्भिसेजकी प्रमुख कार्यकारी अधिकृत चारु श्रेष्ठ र होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले हस्ताक्षर गरे ।

हवाइ यात्रामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका स्वदेशी तथा विदेशी पाहुनाहरूलाई व्यवस्थित र सुरक्षित रूपमा होटलसम्म पुर्‍याउने व्यवस्थाका लागि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको बरालले बताए । उनका अनुसार असार पहिलो सातादेखि सेवा सुरु गर्ने लक्ष्य छ ।

विमानस्थलस्थित आगमन कक्षको व्यवस्थापकको जिम्मा लिएको आईएमएसले यात्रुलाई सहजीकरणका लागि संघलाई स्थान उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

अध्यक्ष बरालले स्वदेश तथा विदेशबाट नेपाल आउने यात्रुहरू गलत व्यक्तिको सम्पर्कमा पुग्ने तथा पीडित हुने गरेकाले लामो समयदेखि सहायता कक्ष राख्न प्रयास हुँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?