+
+
Shares

डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने

‘जुन देशमा रोजगारी गर्छ । त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ,’ मन्त्री पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १३:०९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव लैजान घोषणा गरेका छन् ।
  • उनले अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रयासका लागि यो पहल गरिएको बताए।
  • मन्त्री पौडेलले भने, ‘जुन देशमा रोजगारी गर्छ, त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ।’

१४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने विषयमा आगामी सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा प्रस्ताव लैजाने घोषणा गरेका छन् ।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयासअन्तर्गत यो पहल गरिएको बताए ।

‘जुन देशमा रोजगारी गर्छ । त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने ।

नेपाली श्रमिकहरूको वास्तविकतालाई उदाहरण दिँदै मन्त्री पौडेलले भने, ‘कतिपय देशमा नेपालीले बनाएको रंगशाला छ । नेपालीले बनाएको सय–दुई सय तलाका घरहरू छन् । युवावस्थामा मेहेनत गरेका श्रमिक कमजोर भएपछि र स्वास्थ्य समस्या भएपछि देश फर्किने गरेका छन् । त्यसकारण रोजगारदाताले उसको स्वास्थ्यको जिम्मा लिनुपर्छ ।’

अब दुई देशबीच श्रम सम्झौता हुँदै यस विषयलाई सहमतिमा समावेश हुने मन्त्रालयले जनाएको छ ।

भारत, बंगलादेश, फिलिपिन्स लगायत वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य देशले यस प्रस्तावका लागि तयार रहेको मन्त्री पौडेलको दाबी छ ।

‘यी सबै डब्लूएचओका सदस्य राष्ट्रहरु हुन् । ती सबै राष्ट्रहरुले हाम्रो प्रस्तावलाई समर्थन गर्नेछन्,’ मन्त्री पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?