+

एसियन बेल्ट कुस्तीका कास्य विजेता चुनारासँग राखेप सदस्य सचिव घिसिङको भेट

२०८२ जेठ  १४ गते १४:१६ २०८२ जेठ १४ गते १४:१६
एसियन बेल्ट कुस्तीका कास्य विजेता चुनारासँग राखेप सदस्य सचिव घिसिङको भेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राखेपका सदस्य–सचिव टंकलाल घिसिङले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कास्य पदक विजेता सुरेश चुनारालाई भेटेर बधाई दिए।
  • प्रतियोगिता मे २१ देखि २६ तारिखसम्म भारतको नयाँ दिल्लीमा भएको थियो, जसमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरे।
  • सुरेश चुनाराले पदक जित्दा नेपालका अन्य दुई खेलाडी सुजित यादव र रामकिशोर यादव पदकविहीन भए।

१४ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कास्य पदक विजेता सुरेश चुनारालाई भेटेर बुधबार बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित आफ्‌नै कार्यकक्षमा सुरेशलाई स्वागत गर्नुका साथै सदस्य–सचिव घिसिङले सफलताका लागि बधाई दिदै आगामी यात्राका लागि शुभकामना दिए ।

भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा सुरेशसहित नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुजित यादव र रामकिशोर यादव पदकविहीन बने ।

कार्यक्रममा राखेप सदस्य समेत रहनु भएका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्र बस्नेत, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसीलगायतको उपस्थिति रहेको थियो ।

सुरेश चुनारा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय