+
+
Shares

भिजिट भिसामा विदेश गएकालाई घुस लेनदेनको प्रमाण पठाउन सोबिताको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतमले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्ध अभियानमा एकजुट हुन आह्वान गरेकी छिन्।
  • उनले प्रमाण पठाउन सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छिन् र अन्याय सहेर बस्न नहुने बताइन्।
  • उनले भ्रष्टाचारविरुद्धको अभियानमा सबैले मिलेर काम गर्नुपर्ने बताए।

१४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले भिजिट भिसामा विदेश गएका नेपाीलालाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी छिन् ।

सोमबार सामाजिक सञ्जालमार्फत सांसद गौतमले विदेश जानु अघि वा पछि कसले कुन माध्यमबाट कति घुस तिर्न बाध्य बनाएको ? भन्नेबारे प्रमाण दिन आग्रह गरेकी हुन् ।

उनले आफ्नो इमेल sobitarsp@gmail.com मा प्रमाण पठाउन आग्रह गरेकी छिन् ।

‘अन्याय सहेर बस्ने होइन । बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौं,’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?