News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले दक्षिण अफ्रिकी पूर्व क्रिकेटर निक पोथालाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ।
- उनी स्कटल्याण्ड टुरका लागि नेपाली टोलीको तयारीमा सहयोग पुर्याउनेछन् ।
- पोथासले वेस्ट इण्डिज, श्रीलंका र बंगलादेशका राष्ट्रिय टोलीहरूसँग काम गरिसकेका छन् ।
१५ जेठ, काठमाडौं । दक्षिण अफ्रिका पूर्व क्रिकेटर निक पोथास नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ती जारी गर्दै निकलाई आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कट्लयाण्ड टुरका लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ ।
‘स्कटल्याण्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु प्रतियोगिताका लागि पुरुष राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट कोचका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गर्ने निर्णय गरेको छ।’ क्यानले विज्ञप्तीमा भनेको छ ।
लिग टु को तयारीमा लागि नेपाली टोलीले बेलायतमा पुगेर केही अभ्यास खेल खेलेको थियो ।
अब नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित लिग टु को सिरिज स्कटल्याण्डमा खेल्नेछ । त्यसअघि स्कटल्याण्ड ए टिमसँग मे २९ र ३१ मा अभ्यास खेल खेल्दैछ ।
पोथासले सन् २००० मा दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट तीन ओडिआई खेल खेलेका थिए ।
उनी आफ्नो समयमा भर्सटायल विकेटकिपर थिए । यस्तै उनले फस्ट क्लास क्रिकेटमा २१८ र लिस्ट ए मा २३६ खेल खेलेका थिए ।
५१ वर्षीय पोथासले वेस्ट इण्डिज तथा श्रीलंकाको अन्तरिम मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । यसअघि प्रशिक्षक निक पोथासले श्रीलंका, वेस्ट इन्डिज र बंगलादेशका राष्ट्रिय टोलीहरूसँग आवद्दता रहेर काम गरिसकेकोले उनको बगमनले लिग टु अन्तर्गत नेपाली राष्ट्रिय टोलीको तयारीमा उल्लेखनीय योगदान पुऱ्याउने विश्वास लिएको क्यानले जनाएको छ ।
प्रतिक्रिया 4