
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा ले राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी हुन काठमाडौं आउने क्रममा नाकामा अवरोध भएको आरोप लगाएको छ।
- प्रवक्ता श्रेष्ठले समर्थकहरूलाई अनावश्यक सोधपुछ र आवागमनमा बाधा पुगेको बताएर प्रशासनको ध्यानाकर्षण गराएका छन्।
- राजसंस्था पुनस्थापना माग गर्दै राप्रपा र अन्य दलहरूले काठमाडौंमा प्रदर्शन गर्दैछन्।
१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पक्षधरहरू आन्दोलनमा सहभागी हुन आउने क्रममा विभिन्न नाकामा अवरोध भइरहेको आरोप लगाएको छ ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत विभिन्न भूगोलबाट काठमाडौं आइरहेका आफ्ना समर्थकहरूलाई नाकामा अनावश्यक सोधपुछ गर्ने काम भइरहेको बताएका हुन् ।
‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौं आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सूचना आएको छ,’ श्रेष्ठले भनेका छन् ।
साथै, उनले त्यस्ता क्रियाकलाप नगर्न र सहज वातावरण बनाउन पनि प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
‘सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछु,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।
राजसंस्था पुनस्थापना लगायतका माग राख्दै राप्रपासहितका दलहरूको समर्थनमा राजावादीहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।
प्रतिक्रिया 4