
News Summary
Generated by OK AI. Editorially reviewed.- नन्दकुमार रानाले १५ जेठ काठमाडौंमा नागरिक उन्मुक्ति पार्टी परित्याग गरे।
- उनीहरूले पार्टीको मूल मर्म बिर्सिएको भन्दै नेतृत्वमाथि आरोप लगाए।
- रानाले पार्टीको गतिविधि र संस्कारप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारीबाट अलग हुनुभएको बताए।
१५ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नन्दकुमार रानाले पार्टी परित्याग गरेका छन् । नाउपा कञ्चनपुरका जिल्ला अध्यक्ष समेत रहेका रानाले नेतृत्वले पार्टी स्थापनाको मूल मर्म बिर्सिएको भन्दै साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको बताएका हुन् ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै रानाले नाउपा पनि परम्परागत संसदीय दलहरुको सिको गर्दै पद, प्रतिष्ठा, सत्ता र व्यक्तिगत लाभहानीका आधारमा सीमान्तकृत समुदायको पहिचान, स्वतन्त्रता, समृद्धिको पक्षमा भूमिका विश्वासमाथि कुठाराघात भएको आरोप लगाएका छन् ।
पार्टीका पछिल्ला गतिविधि हेर्दा नैतिकता, राजनीतिक इमान्दारिता र संस्कारका कारण जिम्मेवारीमा बसिराख्न उचित नहुने ठानेर पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4